+

मछिन्द्रले आज मोहन बगानसँग खेल्दै

२०८० साउन  ३१ गते ७:५८ २०८० साउन ३१ गते ७:५८
मछिन्द्रले आज मोहन बगानसँग खेल्दै

३१ साउन, काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।

खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको हो ।

गत साता काठमाडौंमै भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई पराजित गर्दै मोहन बगानसँगको भेट पक्का गरेको हो । मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो ।

यस खेलको विजेताले प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ । प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ ।

मोहन बगान भारतको बलियो टोली भए पनि जितकै लागि खेल्ने मछिन्द्रका प्रशिक्षक किशोर केसी र कप्तान विशाल श्रेष्ठले बताएका छन् ।

मछिन्द्र एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय