
३१ साउन, विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरबार प्रहार भएको घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका– ८ का २२ वर्षीय मोहम्मद हलिमलाई तरबार प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ८ का २२ वर्षीय समीर हुसेन र वडा नं ६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरेको हो ।
सोमबार हलिममाथि विराटनगर– १० सन्सारी माइस्थान चोकमा तरबार प्रहार भएको थियो । तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार हुसेन र अन्सारी नेपाल– भारत सीमा नजिकैबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीले बताएको छ । घटनामा आठ जनाको संलग्नता देखिएको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4