
३२ साउन, काठमाडौं । पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिंदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।
बीबीसीका अनुसार इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले मङ्गलबार अबेला जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गामा १०१ जना यात्रु सवार रहेको जनाएको छ । अधिकांश सेनेगल र सियरा लियोनका नागरिक सवार डुंगा सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दुर्घटना कहिले भएको हो भन्ने अझै यकिन भइनसकेको खबर लेखेका छन् । समाचार एजेन्सी एएफपीलाई प्रहरीले जनाएअनुसार डुंगा पहिलोपटक सोमबार देखिएको थियो । काठको डुङ्गा साल टापुबाट लगभग ३२० किलोमिटर पर देखिएपछि सोधखोज सुरु गरिएको थियो ।
डुंगा अफ्रिकाबाट युरोपियन युनियनमा प्रवेश गर्ने समुद्री मार्गमा सवार थियो ।
प्रतिक्रिया 4