
काठमाडौं । मध्यपुर थिमि, लोकन्थलीस्थित सिद्धि गणेश दाफा खल:ले १५ महिनादेखि दिइरहेको बाँसुरी वादन प्रशिक्षण बिहीबार सकिएको छ । बाँसुरी वादन प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रममा आठ वर्षीय बालकदेखि युवाहरुले मौलिक नेवारी पहिरनमा सजिएर बाँसुरी बजाए ।
उक्त कार्यक्रममा बाँसुरी प्रशिक्षक साहिल द्वारेले परम्परागत बाजा सिक्न अहिलेका युवापुस्ता निकै उत्साहित रहेको बताए । ‘हामी युवापुस्ताले संरक्षण नगरे कसले गर्छ,’ उनले भने, ‘नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षण हाम्रो हातमा छ ।’ २० वर्षीय द्वारेले युवापुस्ताले नै मौलिक संगीतको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका साथ राग, सुर, तानपुरा, नोटेसन र बिटबारे आफूले सिकाएको बताए ।
बाँसुरीमा खासगरी टिप बाँसुरी दुई र घोर बाँसुरी पाँचवटा गरी सात बाँसुरी, ढोलक, कछिमा, लाखी, मादल, झ्याली बजाइन्छ ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4