
३२ साउन, काठमाडौं । बंगलादेशबाट २ वटा चार्टर्ड जहाजमा ७ सय जना पर्यटक नेपाल आउने भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार एक र शनिबार एक गरी दुई वटा जहाजबाट करीव ७ सय पर्यटक नेपाल आउने भएका छन् ।
उनीहरुलाई विमान बंगलादेशको जहाजले नेपाल ल्याउने भएको छ । बंगलादेशी पर्यटकलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम रहेको समेत बोर्डले जनाएको छ । उनीहरु अपरान्ह साढे ११ बजे विमानस्थलमा अवतरण गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4