+

यूईएफए प्लेअफ अफ दि इअरको मनोनयनमा मेसी, हालान्ड र डे ब्रुएना

२०८० साउन  ३२ गते १९:३४ २०८० साउन ३२ गते १९:३४
यूईएफए प्लेअफ अफ दि इअरको मनोनयनमा मेसी, हालान्ड र डे ब्रुएना

३२ साउन, काठमाडौं । लिओनल मेसी, एर्लिङ हालान्ड र केभिन डे ब्रुएना यूईएफए प्लेअर अफ दि इअरको मनोनयनमा परेका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सार्वजनिक गरेको मनोनयनमा म्यानचेष्टर सिटीबाट फरवार्ड हालान्ड र मिडफिल्डर डे ब्रुएनासँगै केही समयअघि मात्र अमेरिकन क्लब इन्टर मायामीमा अनुबन्ध भएका मेसी समावेश छन् ।

गत सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेलेका मेसीले अर्जेन्टिनालाई फिफा विश्वकप उपाधि जिताएका थिए । हालान्ड र डे ब्रुएनाले म्यानचेष्टर सिटीलाई ट्रेबल उपाधि जिताउन भूमिका खेलेका थिए ।

यूईएएफए टेक्निकल स्टडी ग्रुपले २०२२/२३ मा क्लब र राष्ट्रका लागि गरेको प्रदर्शनका आधारमा खेलाडीहरुको सूची तयार गरेको थियो ।

त्यसमा जुरीहरुले अन्तिम मनोनयन तयार पारेका हुन् । जुरीमा २०२२/२३ मा युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फेरेन्स लिग खेलेका क्लबका प्रशिक्षक, युइएफए सदस्य राष्ट्रका प्रशिक्षक र युरोपियन स्पोर्ट्स मिडियाको छनोट भएका पत्रकारहरु समावेश थिए ।

एर्लिङ हालान्ड केभिन डि ब्रुयेन लियोनेल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय