+
+

संसारको जुन ठाउँमा भए पनि नेपाली संस्कृति र भाषाप्रति गर्व गर्नुपर्छ : प्रधानमन्त्री

भारतका प्रीतम राईले जिते 'मेरो भ्वाइस युनिभर्स'को उपाधि

रासस रासस
२०८० भदौ ३ गते ८:०३

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रीतम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुसी कार्की (थाइल्याण्ड)ले हात पारेका छन् ।

‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिभर्स’को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) बने । शनिबार ललिपुरको गोदावरी सम्मेलन केन्द्रमा आयोजित फिनालेमा उनीहरुले उपाधि जितेका हुन् ।

मेरो भ्वाइस युनिभर्सको सेकेन्ड रनरअपमा शरद हुमागाईं (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) बने । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डी लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) बने ।

इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयीलाई पुरस्कार प्रदान गरे । त्यस अवसरमा प्रधानमन्त्रीले संसारभर नेपाल र नेपाली चिनाउने गरी आयोजना गरिएको यो प्रतियोगिता नेपाली भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धननका लागि लागि महाअभियान भएकाले यसलाई आगामी दिनमा थप विस्तारित गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनासित हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्छ, यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ ।’ कार्यक्रमले संसारभरि रहेका नेपालीलाई भावनात्मक, सांस्कृतिक रूपले, संवेदनाको हिसाबले इतिहासको रूपले एक ठाउँमा जोडेको उनको भनाइ छ ।

सभामुख देवराज घिमिरेले संसारको जुन कुनामा भए पनि नेपाली कला, भाषा, साहित्य र संस्कृतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कला, संस्कृतिको संरक्षणमा जोड दिए । सिक्किम सरकार भारतका कृषि तथा बागमनीमन्त्री लोकनाथ शर्माले संसारका मानिसलाई कला र संस्कृतिको माध्यमबाट एकै ठाउँमा जोड्ने काम गरेको बताए ।

पुरस्कार वितरण समारोहमा उक्त फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिएका र उनीहरूको सपनासँगै कला र संस्कृतिलाई आफूहरूले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः लैजान सफल भएको बताए ।

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजाता बर्मा छन् भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?