+
+

राष्ट्रिय दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १३:१५

३ भदौ, काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा संसद अवरोध लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

एमालेले उक्त सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?