काठमाडौं । प्रिमियर लिगमा चेल्सी वेष्टहमसँग ३-१ ले पराजित भएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा वेष्टहमका लागि नाएफ अगुएर्ड, मिचेल एन्टोनियो र लुकास पाक्वेटाले गोल गरे । चेल्सीका लागि कार्ने चुक्वुएमेकाले एक गोल फर्काए । चेल्सीका एन्जो फर्नान्डेजले पेनाल्टीमा गोल गर्न सकेनन् ।
हारपछि चेल्सीको नयाँ सिजन दुई खेलबाट १ अंक मात्र छ । पहिलो खेलमा चेल्सीले लिभरपुलसँग बराबरी खेलेको थियो ।
पहिलो जितपछि वेष्टहम २ खेलबाट ४ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।
अर्को खेलमा एस्टन भिल्लाले एभर्टनलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लाका लागि जोन म्याकगिन, डुगलास लुइज, लियोन बेली र जोन डुरानले एक एक गोल गरे ।
पहिलो जितपछि एस्टन भिल्ला दुई खेलबाट ३ अंक जोडेर दशौँ स्थानमा छ । लगातार दुई खेल हारेको एभरटन अन्तिम स्थानमा छ ।
प्रतिक्रिया 4