
४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीहरुलाइृ थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
सीआईबीको हिरासतमा रहेका आरोपितलाई थप ३ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।
मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई भने गत हप्ता जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको थियो ।
सीआईबीले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालयमा फाइल बुझाउनु पर्ने भए पनि अनुसन्धान नसिकएको भन्दै म्याद थपेको हो ।
प्रतिक्रिया 4