+
+

वागनरका प्रमुखको भिडियो सम्बोधन : अफ्रिकालाई स्वतन्त्र बनाउन खटिएको छु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १४:०५

रुसमा सशस्त्र हमलापछि कतै देखा नपरेका वागनर समूहका कमाण्डर यभगिनी प्रिगोजिन पहिलोपटक भिडियो सम्बोधनमार्फत सार्वजनिक भएका छन् ।

लडाकु पोशाकमै सम्बोधन गरेका उनले आफू अफ्रिकामा रहेको बताएका छन् । ‘वागनर समूह अहिले अफ्रिकालाई अझै स्वतन्त्र बनाउन खटिएको छ’, उनले सम्बोधनमा भनेका छन् ।

अफ्रिकामा व्यापारिक स्वार्थका कारण वागनर समूहले हजारौं लडाकुलाई परिचालन गरेको बीबीसीले उल्लेख गरेको छ । वागनर समूह माली र मध्य अफ्रिकी गणतन्त्रमा छ । त्यस समूहले त्यहाँ युद्ध अपराध मच्चाएको आरोप संयुक्त राष्ट्रसंघले लगाइरहेको छ ।

मध्य अफ्रिकी गणतन्त्रमा वागनर समूहले निहत्था नागरिकलाई यातना दिएको भन्दै बेलायतले गत महिना प्रतिबन्ध लगाएको छ । यस्तै अमेरिकाले पनि वागर समूहलाइ त्यहाँ सुनबारे अवैध सम्झौता गरेको आरोप लगाएको छ ।

भिडियो सन्देशमा वागनरका कमाण्डर प्रिगोजिनले यी भूमिमा इस्लामिक लडाकु र अन्य अपराधी गिरोहसँग लड्दै त्यहाँको खनिज खोज्ने काम भइरहेको बताएका छन्  । ‘हामी ५० डिग्री सेल्सियस भन्दा बढीको तापक्रममा काम गरिरहेका छौँ । हामीलाई विश्वास छ यो कर्मले रुसलाई यस महाद्विपमा अझै बलियो बनाउनेछ  भने अफ्रिकालाई इस्लामिक लडाकुको प्रभावबाट मुक्त गराउँदै थप स्वतन्त्र बनाउनेछ ।’

यस कार्यमा सफलता पाउनका लागि थप लडाकु भर्ती गर्ने योजना रहेको प्रिगोजिनले बताएका छन् । रुसमा सशस्त्र हमला असफल भएसँगै प्रिगोजिन कम प्रोफाइलमा बसिरहेका थिए । करिब ५ हजार लडाकुले गत जुनमा मस्को केन्द्रित आक्रमण गरेका थिए । तर त्यो आक्रमण २४ घण्टा पनि टिक्न सकेन ।

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्को मध्यस्थतामा क्रेमलिनसँग वार्ता भएसँगै उनले आक्रमण रद्ध गरेका थिए । युक्रेनको युद्धमा  अग्रपंक्तिमा खटिँदा समेत आफ्ना लडाकुलाई हतियार नदिएको आरोप वागनर समूहले लगाउँदै आएको थियो । युक्रेन युद्धसँगै वागनर समूहमा २५ हजार योद्धा रहेको आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?