
कांग्रेस अनुशासन समितिका संयोजक आनन्द ढुंगाना ।
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले पूर्णता पाएको छ । सभापति शेरबहादुर देउवाले मंगलबार चार सदस्य मनोनित गरेका छन्।
अनुशासन समितिको संयोजक आनन्द ढुंगाना थिए । मंगलबार केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, सञ्जय गौतम, राजीव कोइराला र ध्रुव वाग्ले मनोनित भएका हुन् ।
५ सदस्यीय समितिमा संयोजक ढुंगानासँगै न्यौपाने र वाग्ले संस्थापन समूहका हुन् भने गौतम र कोइराला संस्थापन इतर समूहका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4