+
+

उपप्रधानमन्त्री खड्काले गरे कांग्रेसका मन्त्रीहरुसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १६:२४

५ भदौ, काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल गरेका छन् ।

सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुसँग रक्षा मन्त्रालयमा छलफल गरेका हुन् । क्यानडा भ्रमणमा रहेका कारण अर्थमन्त्री डा. प्रकाशशरण महत भने सहभागी भएनन् । छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको एक मन्त्रीले जानकारी दिए ।

गत महिना भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो ।

पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको केही नेताहरुले बताएका थिए ।

संसदीय दलको बैठकमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि राखेको जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?