+
+

हेटौंडा अस्पतालमा मातृशिशु सेवा सञ्चालन गर्न उपमहानगरले ८० लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते १८:२४

५ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पतालमा मातृ शिशु सेवा सञ्चालनको लागि भवन निर्माण गर्न ८० लाख रुपैयाँ दिने भएको छ ।

उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृशिशु सेवा सञ्चालनका लागि भवन निर्माणको लागि ८० लाख दिने सम्झौता गरेको हो ।

चालु आर्थिक वर्षबाटै प्रभावकारी सेवा दिने लक्ष्य अनुसार उपमहानगरले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृशिशु कक्ष निर्माण गर्नेऔपचारिक सम्झौता भएको हो ।

मेयर मिनाकुमारी लामाको उपस्थितिमा हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाइँ र उपमहानगरपालिकाको पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहबीचसम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

स्थानीय तहले स्वस्थ्य क्षेत्रमा सेवा प्रवाह गरी नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले रकम दिएको उपमहानगरकी मेयर मीनाकुमारी लामाले जानकारी बताइन् ।

लामाले अस्पताल व्यवस्थित बनाउन सके उपचारका लागि बाहिर जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य हुने भन्दै अस्पताल सुधारको लागि उपमहानगले सहयोग गर्न तयार रहेको बताइन् ।

३ किस्ता मार्फत जाने रकमबाट अस्पताल व्यवस्थापनले ठेक्का मार्फत आउँदा चैतसम्ममा भवन निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य अघि बढाउने तयारी गरेको हेटौंडा अस्पतालका अध्यक्ष प्रसाइँले बताए ।

निर्मित संरचनामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण एवम् अभ्यास कक्षको रुपमा समेत प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?