+

नेगीलाई छैटौं डान

२०८० भदौ  ५ गते १९:२१ २०८० भदौ ५ गते १९:२१
नेगीलाई छैटौं डान

५ भदौ, काठमाडौं । राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो मुख्यालय कुकिवनबाट छैटौं डानको प्रमाण पत्र प्राप्त गरेका छन् । नेगीलाई नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले कुकिवनबाट प्राप्त छैटौं डानको प्रमाण पत्र मंगलबार हस्तान्तरण गरे ।

छैटौं डान प्राप्त गर्न नेपाल तेक्वान्दो संघबाट ६ औं डानको ग्रेडिङमा उत्तिर्ण गरेको हुनु पर्ने, व्ष्तबभ, क्जष्उवष्ल, एथयलनधयल तथा त्बभदबभप पुम्से तथा स्पारिङ्गको भिडियो पठाउनु पर्ने र कुनै विषयमा थेसिस लेखेर हेडक्वाटर कुक्किवन कोरियामा पठाउनु पर्ने हुन्छ ।

पारा तेक्वान्दो इन नेपालमा थेसिस लेखेर पठाएको नेगीले जनाएका छन् ।नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समहाल्दै आएका छन् । टोकियो २०२० पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले दुई फाईट जितेर इतिहास रच्दा नेगी प्रशिक्षकका रुपमा टोकियो गएका थिए ।

बहराइनमा भएको एसियन युथ पारा गेम्स– २०२१ मा नेपालले पारा तेक्वान्दोमा १ स्वर्ण, १ रजत, १ काँस्य पदक जित्दा पनि नेगी टोली प्रशिक्षक थिए ।

नेगीको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय पारा तेक्वान्दोअन्तर्गत ८ औं वर्ल्ड च्याम्पियनसिप–२०१९ टर्कीमा १ कास्य, साउदी अरवियामा भएको रियाद २०२२ वर्ल्ड ग्रान्ड प्रिक्स फाईनल जि–१० प्रतियोगितामा सिर्जना घिसिङले वर्ल्ड र्‍याङकिङमा रहेका टर्की, मेक्सिको र ब्राजिलका खेलाडीलाई पराजय गरेर एतिहासिक स्वर्ण जितेको थियो ।

पलेशा गोर्वधन २०१५ तथा सिर्जना घिसिङ २०१९ देखि आफूसंग प्रशिक्षण गर्दै आईरहेको नेगीले जानकारी गराए । नेगीका अनुसार हाल पलेशा गोर्वधन र सिर्जना घिसिङ विश्व वरीयताको ७ औं स्थानमा छन् ।

राष्ट्रिय पारा तेक्वान्दो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय