+
+

काठमाडौं महानगरले साउनमा उठायो ६५ करोड ४२ लाख राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १५:२९

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो महिना साउनमा ६५ करोड ४२ लाख आन्तरिक राजस्व उठाएको छ । यो रकम गत आवको साउन महिनाको तुलनामा झण्डै २० करोड बढी हो । गत आव २०७९/८० को साउनमा महानगरले ४५ करोड ८९ लाख राजस्व उठाएको थियो ।

महानगरको राजस्व विभागका अनुसार महानगरले सम्पत्ति कर र घरबहाल करमा गत आवको तुलनामा धेरै राजस्व संकलन गरेका छ ।

गत आवको साउनमा ७ करोड ९ लाख सम्पत्ति कर उठाएकोमा चालु आवको साउनमा १२ करोड ५८ लाख राजस्व उठाएको हो । यस्तै घरबहाल करमा अघिल्लो आवमा २२ करोड ७६ लाख उठाएकोमा चालु आवको पहिलो महिनामा ३१ करोड ६० लाख रुपैयाँ उठाउन सफल भएको हो ।

महानगरले आव २०७७/७८ मा २६ करोड ३९ लाख राजस्व उठाउँदा ०७८/७९ मा ४३ करोड ५३ लाख रुपैयाँ उठाएको थियो ।

काठमाडौं महानगरपालिकाले आन्तरिक र बाह्य गरी जम्मा २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ आय जम्मा गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?