
भारतको चन्द्रयान–३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले दाबी गरेको छ ।
बुधबार साँझ भारतको स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा अवतरण हुने इसरोले जनाएको छ ।
चन्द्रयान ३ को अवतरणलाई ईसरोले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । अवतरण समयभन्दा करिब आधा घण्टाअघि ५ बजेर २७ मिनेटदेखि लाइभ गरिने र त्यसलाई इसरोको यूट्युब च्यानलमा लाइभ हेर्न मिल्ने छ ।
चन्द्रयान ३ यसअघि भारतले परीक्षण गरेर असफल भएको चन्द्रयान २ को निरन्तरता हो । चन्द्रयान २ भारतले सन् २०१९ मा परीक्षण गरे पनि अवतरण हुन असफल भएको थियो ।
चन्द्रयान चन्द्रमामा अवतरण गर्न सफल भएमा अन्तरीक्षमा पुग्न भारत दक्षिण एसियाकै पहिलो मुलुक बन्नेछ भने विश्वको चौथो मुलुक बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले अन्तरीक्षमा आफ्नो यान पठाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4