+
+

जितु नेपालले स्टेज र डिजिटल प्लेटफर्ममा गाईजात्रा चलाउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १६:५३

काठमाडौं । हास्य अभिनेता जितु नेपालले डिजिटल र स्टेज प्लेटफर्ममार्फत यस वर्षको गाईजात्रा सञ्चालन गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भोलि बिहीबारदेखि भदौ २० गतेसम्म आफ्नो युट्युब च्यानलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा-२०८०’ ल्याउने जानकारी दिए ।

स्टेज कार्यक्रमतर्फ भने उनी हास्य व्यंग्य क्षेत्रको समूहसहित ‘रुस्लान कमेडी यात्रा’मार्फत मुलुकका विभिन्न सहरमा पुग्ने भएका छन् । कमेडी यात्रा भदौ १४ देखि विभिन्न सहरमा हुने उनले जानकारी दिए ।

जितुको गाईजात्रा कार्यक्रममा कलाकारहरु सुरेन्द्र केसी ‘मुलासाग’, दमन रुपाखेती, शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’, प्रभात लामा, दिनेश काफ्ले, विपना बस्नेत ‘नक्कली हिसिला’, एलिना बासकोटा लगायत सहभागी हुने भएका छन् ।

यसपटकको कार्यक्रम भने जितुले प्रज्ञा प्रतिष्ठानमा नगर्ने भएका छन् । यसपटकको प्रयास सफल रहे, अर्को वर्षदेखि देशव्यापी रुपमा स्टेज कार्यक्रम सफल तुल्याउने उनको भनाइ छ ।

उक्त पत्रकार सम्मेलनमा जितुले टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ अपेक्षाअनुसार हुन नसकेको स्वीकारेका थिए । उनले विभिन्न चुनौतीका बाबजुद कार्यक्रम गरिएको भन्दै बाधा-व्यवधानको बाबजुद कार्यक्रम चलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?