
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला गर्ने भएको छ । भदौ १६ र १७ गते पोखरामा भेला गर्न लागिएको छ ।
सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
१६ गते उद्धघाटन र १७ गते बन्द सत्र हुने सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।
‘पार्टीका साथीहरु एक ठाउँ बसेर समसायिक विषयमा छलफल गरौं । संगठनलाई विश्वासिलो कसरी बनाउने र नयाँ पिढीका लागि कांग्रेसप्रति आकर्षित गराउने बारेमा छलफल हुन्छ,’ शर्माले अनलाइनखबरसँग भने ।
भेलाको दोस्रो दिन पोखरा घोषणापत्र जारी गरिने शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4