
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संघीय निजमती ऐन संसदमा चाँडो पेश गर्न माग गरेका छन् ।
बुधबार संसदको बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले संघीय निजामती ऐन संसदमा छिट्टै ल्याउन माग गरेका हुन् ।
उनले भने, ‘ संघीय निजामती ऐन १६ वर्षदेखि आएको छैन। अब सरकारले ल्याउँछु पनि भनेको छ। तर कहिले ल्याउने हो ? निजामती ऐन चाँडोभन्दा चाँडो संसदमा पेश गरोस् ।’
उनले संघीय निजामती ऐन नआउँदा थारूको पहुँच राज्यको निकाय हुन नसकेको बताए । उनले भने, ‘अहिले १६ वर्षदेखि निजामती ऐन संशोधन नहुँदा समावेशीतर्फ २३ हजार पास भए पनि थारूहरूको लागि निजमती ऐन समावेशी बन्न सकेको छैन । अब संसदमा कहिले पेश हुन्छ निजामती ऐन ? चाँडै पेश होस भन्ने माग गर्दछु। ‘
उनले उच्चस्तरीय आयोग गठन स्वागतयोग्य भए पनि यसको प्रतिवेदन सार्वजनिक हुनेमा शंका व्यक्त गरे । उनले प्रश्न गर्दै भने, ‘थारू र मधेसी आन्दोलनको लागि गठन भएको न्यायाधीश गिरीशचन्द्र लालाको नेतृत्वको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन ? के लाला आयोग सरकारले गठन गरेको होइन ? तर प्रतिवेदन किन लुकाइयो ? अब बन्ने आयोगको प्रतिवेदन पनि त्यस्तो नहोस्।’
यसका साथै राष्ट्रिय चिकित्सा ऐनका कारण नर्सिङ कलेजहरू बन्द हुन पुगेको भन्दै चिकित्सा शिक्षा पाउनबाट विद्यार्थी बञ्चित भएको गुनासो गरे । उनले भने, ‘ विद्यार्थीहरू सरकारको एउटा निर्णयका कारण शिक्षाबाट बञ्चित हुन पुगेका छन्।’
उनले दिनप्रतिदिन विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै प्रश्न गर्दै भने,’ के सरकारले विद्यार्थीलाई विदेश पठाउने नीति लिएको हो ? ‘
प्रतिक्रिया 4