+
+

चन्द्रयान-३ को सफल अवतरणका लागि प्रधानमन्त्री प्रचण्डले भारतलाई दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते २०:०१

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफल अवतरण गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ ।

‘चन्द्रमाको सतहमा चन्द्रयान ३ को सफल अवतरण गरेर विज्ञान तथा अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको इसरो टोलीलाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै परराष्ट्रमन्त्री एनपी साउदले पनि चन्द्रयान अवतरण गरेको बधाई दिएका छन् ।

‘चन्द्रमामा चन्द्रयान ३ को सफल अवतरणका लागि हार्दिक बधाई ! यो हाम्रो मित्रराष्ट्र भारतका लागि राष्ट्रिय गौरवको क्षण मात्र होइन, अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा एउटा महत्वपूर्ण कोसेढुंगा पनि हो । जसले अन्ततः हाम्रो जीवनलाई अझ राम्रो बनाउन योगदान पुर्‍याउँछ,’ परराष्ट्रमन्त्री साउदले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?