+
+
अपडेट :

चुरियामाई बस दुर्घटनाका ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते ९:१४

७ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् ।

भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको ५ ।

दुर्घटनापछि बसका चालक फरार छन् ।

 घाइतेहरूको विवरण र अवस्था

चुरेहिल अस्पताल हेटौडा

१. ४८ वर्षीय भारतीय नागरिक घनश्याम चतुरबेदीको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको, अवस्था मध्यम

सरकारी अस्पताल हेटौंडा

२. धनुषाको मौवा गाउँपालिका- १८ का ४१ वर्षीय घुरन मण्डलको बाया घुडा,कम्मरमा चोट (डिश्चार्ज)

३. महोत्तरी लोहारपट्टी नगरपालिका- ५ का २६ वर्षीय जसबेन्दर पासवानको ढाड/दाहिने हातमा चोट – डिश्चार्ज

४. ५३ वर्षीय भारतीय नागरिक माया देबीको दाहिने कुममा चोट – मध्यम अवस्था

५. ३५ वर्षीय भारतीय नागरिक अनिल कुमारको टाउकोमा चोट- मध्यम अवस्था

६. ५० वर्षीय भारतीय नागरिक तारावती चतुरबेदीको निधार/कम्मरमा चोट- मध्यम अवस्था

७. ९ वर्षीया भारतीले बालिका क्रितिका चतुरबेदीको अवस्था सामान्य

८. ४८ वर्षीय भारतीय नागरिक श्यामलाल मालीको बाया खुट्टा/छातिमा चोट-मध्यम

९. ४७ वर्षीय भारतीय नागरिकको हरवारी मालीको टाउकोमा/ढाडमा चोट-मध्यम

१०. ७० वर्षीया भारतीय नागरिक चौथी देबीको दाहिने खुट्टा/छातिमा चोट -मध्यम

११. ७२ वर्षीय भारतीय नागरिक सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा/बाया कुममा चोट-मध्यम

१२. ६३ वर्षीय भारतीय नागरिक धरम सिंहको निधार/छाति/बाया खुट्टा फ्याक्चर-मध्यम

१३. ६० वर्षीया भारतीय नागरिक इन्दु धाकद निधार/छातिमा चोट-मध्यम

१४. १६ वर्षीया भारतीय बालिका गर्बिदा चतुरबेदीको ढाड/छातिमा चोट-मध्यम

१५. ५४ वर्षीय भारतीय नागरिक रामकुमार चतुरबेदीको बाया घुडा/छातिमा चोट-मध्यम

सन्चो अस्पताल हेटौडा

१६. महोत्तरीको जलेश्वरका ३८ वर्षीय बिहारी मुखीयाको मुखमा चोट बाया खुट्टा भाचिएको-मध्यम

पुरानो मेडिकल कलेज भरतपुर

१७. ७३ वर्षीय भारतीय नागरिक रामप्रसाद पिको छाति/पेटमा चोट- अवस्था गम्भीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?