
७ भदौ, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य एक लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार १४ सय २५ रुपैयाँमा चाँदीको खरीद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4