
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययनका लागि भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तहको शुल्क २ लाख ८० हजारबाट वढाएर ७ लाख ७७ हजार पु¥याइएको छ ।
उक्त शुल्क वृद्धिको आपत्ति जनाउँदै सांसद पौडेलले प्रतिनिधि सभाको बैठकमा भने, ‘शुल्क वृद्धि २ सय प्रतिशत गरिएको छ । जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ । त्यो अस्वभाविक छ ।’ त्रिवि भद्रगोल तरिकाले चलिरहेकाले सुधारका लागि शिक्षामन्त्रीले स्वेतपत्र जारी गर्न उनले ध्यानाकर्षण गराए ।
इन्जिनियरिङ अध्ययनका लागि गरिएको शुल्क वृद्धिको विद्यार्थी संगठनले विरोध जनाएका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, विरोध गरेका छन् । अध्ययन संस्थान अन्तर्गत उपत्यकामा पुल्चोक, थापाथली र काठमाडौं बाहिर पोखरा, धरान, चितवनमा क्याम्पसहरु सञ्चालनमा छन् ।
प्रतिक्रिया 4