+
+

४ दिनपछि १६ रुपैयाँ बढाएर तोकियो प्याजको होलसेल मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १७:०७

७ भदौ, काठमाडौं । चार दिनपछि कालीमाटी तरकार बजारमा प्याज भित्रिएको छ । गत शनिबारदेखि भारतले प्याजमा ४० प्रतिशत कर लाग्ने नियम लागु गरेपछि बजारमा प्याज अभाव भएको थियो ।

बुधबार रातिदेखि प्याज आयात भएपछि थोकमा प्रतिकिलो १६ रुपैयाँ ६० पैसा बढाएर समितिले थोक मूल्य तोकेको हो । समितिले बिहीबारका लागि प्याजको होलसेल मूल्य ७७ रुपैयाँ ६० पैसा तोकेको छ । गत आइतबार थोकमा ६१ रुपैयाँ किलोमा प्याजको खरिद बिक्री भएको थियो ।

भारतको उक्त निर्णयपछि प्यााज आयात नगरेका व्यवसायीले बुधबार रातिदेखि भने प्याज ल्याउन थालेका छन् । कालिमाटी बजारमा बुधबार राति १४५ मेट्रिकटन प्याज भित्रिएको थियो । यस्तै, बिहीबार बिहान ११ बजेसम्म थप १२० मेट्रिकटन प्याज भित्रिएको बजार बिकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?