+
+

रास्वपा संसदीय दलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १०:११

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ । प्रमुख दलहरुले समितिका सभापतिमा भागबण्डा गरेका छन् । सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीले राखेका संकल्प प्रस्ताव, संसद्को पछिल्लो गतिविधि लगायत विषयमा पनि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?