
सिन्धुपाल्चोक । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको सातौं जिल्ला अधिवेशनबाट दीपेन्द्र थापा अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–२ का पूर्ववडाध्यक्ष समेत रहेका थापा निर्माण व्यवसायीको जिल्ला नेतृत्वमा आएका हुन् । बिहीबार सम्पन्न अधिवेशनबाट पदाधिकारी निर्विरोध भए पनि सदस्यहरू चुनावबाट चयन भए ।
संघको प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ द्वितीय उपाध्यक्षमा मोहन श्रेष्ठ, तृतीय उपाध्यक्षमा धनश्याम नेपाल, महासचिवमा जयचन्द्र लामा, सचिवमा डबले लामा, कोषाध्यक्षमा बालसुन्दर कटुवाल र सह–कोषाध्यक्षमा राजेन्द्र विक्रम थापा निर्विरोध भए ।
कार्यसमिति सदस्यमा भेषनाथ सापकोटा, बुद्धकुमार घले, रवीन्द्र सिलवाल, विनोद लामा घिसिङ, टंकप्रसाद दुलाल र सरोज केशी निर्वाचित भएका छन् ।
कार्यसमितिको ६ जना सदस्यका १८ जनाले उम्मेदवारी दिएका थिए । ४ सय ४४ मतदाता रहेकोमा ३ सय ३० मत खसेको थियो ।
प्रतिक्रिया 4