+
+

एकीकृत समाजवादीमा दीपक मनाङेको नेतृत्वमा युवाको समानान्तर भेला

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १५:२६
अर्याल होटलमा दीपक मनाङेको नेतृत्वमा भइरहेको युवा संघको बैठक ।

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको समानान्तर बैठक बसिरहेको छ ।

संघका अध्यक्ष नरेश शाही नेतृत्वमा कालोपुलस्थित रत्न हलमा सचिवालय बैठक चलिरहँदा उपाध्यक्ष नितेश पौडेलको नेतृत्वमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा पनि बैठक बसिरहेको छ ।

दुवैतिर नयाँ नेतृत्व घोषणाको तयारी छ । अध्यक्ष शाही र महासचिव दीपक जिएम सहितको कालोपुल बैठकले कृष्णकुमार विश्वकर्मालाई संयोजक बनाउने तयारी गरेको छ । त्यो बैठक पार्टी उपमहासचिव एवम् मोर्चा फाँट इन्चार्ज विजय पौडेलको नेतृत्वमा चलिरहेको छ ।

कालोपुलमा विजय पौडेलको नेतृत्वमा भएको युवा संघको बैठक ।

बानेश्वर बैठकको नेतृत्व भने दीपक मनाङेले गरिरहेका छन् । यो बैठकबाट उपाध्यक्ष पौडेलकै नेतृत्वमा युवा संघको नयाँ नेतृत्व घोषणा गर्ने तयारी छ ।

एकीकृत समाजवादीले सचिवालय बैठकबाट संयोजक र महासचिव रहने गरी नयाँ नेतृत्व घोषणा गर्न युवा संघलाई निर्देशन दिएपछि समानान्तर नेतृत्व घोषणा हुन लागेको हो ।
संघका उपाध्यक्ष पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिवसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?