+
+

अभिनेता सानु ताम्राकारको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ९ गते १६:५७

काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ७४ वर्षका ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।

ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।

गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए । उनी पछिल्लो समय मिर्गौलाको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?