+
+

उद्योग समितिको सभापतिमा जनमतको उम्मेदवार अब्दुल खान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते ११:३५

१० भदौ, काठमाडौं । जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समिति जनमतले पाएको छ । जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार खानलाई सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ ।

यो समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणेश पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?