+
+

धोबीखोला करिडोरमा महानगरको डोजर, ३ घर भत्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १५:५१

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।

नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।

‘आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं, अन्य घरहरुले पनि सार्वजनिक जग्गा मिचेको सूचना छ, वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउँछौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?