१० भदौ, काठमाडौं । जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी नेपाली टिम स्वदेश फर्केको छ ।
अगस्ट ४ देखि २४ गतेसम्म भएको उक्त प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी भएर पदक जितेका खेलाडीलाई स्वदेश फर्किए लगत्तै सम्मान पनि गरिएको छ ।
कीर्तिपुर नगरपालिका र जर्मनीको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टिम जर्मनी गएको थियो । पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरि सम्मान गरेको हो ।
प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतिक श्रेष्ठले कांस्य जितेको प्रशिक्षक राजिव महर्जनले जानकारी गराए ।
प्रतिक्रिया 4