+
+

म कृषकको पनि छोरी हुँ : आरजु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १९:३३

१० साउन, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा देउवाले आफू किसानको छोरी भएको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले किसानको छोरी भएकाले कृषिमा के के समस्या छ आफूलाई थाहा भएको बताइन् ।

‘म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो’, उनले आफ्नो उम्मेदवारीबारे भनिन् ।

सांसद देउवाले सहकारीमा देखिएका समस्या समाधान गर्न संसदीय समितिमार्फत काम गर्ने पनि बताइन् ।

‘सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?