+
+

जुम्लाको सिंजामा केदारनाथ महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १३:१३

११ भदौ, जुम्ला । जुम्लाको सिंजास्थित केदारनाथमा महोत्सव सुरु भएको छ । सिंजा गाउँपालिकाको आयोजनामा वडा नं ४ स्थित केदारनाथ बुदवुदी स्थानमा महोत्सव सुरु भएको हो ।

महोत्सव उद्घाटन गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले सिंजाको धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने बताएका छन् । उनले सिंजाको सस्कृति र इतिहासलाई बचाउन र संसारसामु पु¥याउन यस क्षेत्रमा पूर्वाधार विकासमा जोड दिनुपर्ने पनि बताए ।

कर्णाली सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले जुम्लाको उत्पादनले कर्णालीको पहिचान स्थापित गरिरहेको भन्दै यहाँको रैथानेबाली मार्सी धान, चिनु, कागुनु, स्याउ सिमीको व्यापारको व्यवस्था गर्ने बताए ।

कर्णाली प्रदेशसभाकी उपसभामुख यशोदा न्यौपानेले केदारनाथलाई संसारसामु चिनाउनुपर्ने धारणा राखिने । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आफ्नो ठाउँबाहिरका धेरै धार्मिक स्थल घुम्नेहरुले आफ्नो नजिकैको तीर्थलाई हेला गरेको बताए ।

आइतबार सुरु भएको महोत्सव ३ दिनसम्म चल्नेछ । महोत्सवमा करिब ५ हजार जना सहभागी हुने अनुमान गरिएको छ । स्थानीय रैथाने बाली, स्याउ, राडिपाखी, स्थानीय परिकार, खस सस्कृतिको प्रमुख नाच देउडा, धामी नाच, आधुनिक नाच, खस संस्कृतिको नाटक आदि महोत्सवका आकर्षण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?