
११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले मधेशीप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारी फिता िलिएको बताएका छन् ।
सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिएर उनले जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गरेका छन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय समितिको सभापतिमा भागवण्डा गरेका थिए । तर उक्त भागवण्डामा रास्वपालाई सहभागी गराइएको थिएन ।
आइतबार उम्मेदवारी मनोनयनका दिन उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दर्ता गराए । सो पदमा रास्वपाका पराजुलीले पनि उम्मेदवारी दर्ता गराएपछि प्रतिनिधिसभाको अरु ९ समितिमा एक जनाको मात्र उम्मेदवारी पर्दा पनि यो समितिमा दुई उम्मेदवार भए ।
तर सोमबार पराजुलीले मधेशलाई न्याय गर्न भन्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
‘हाम्रो प्रतिस्पर्धा जनमतसँग थिएन, उहाँको उम्मेदवारसँग हुँदै होइन । सत्ता पक्ष र गठबन्धनले खेलेका भूमिकाप्रति थियो । प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरु राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न पाउनुपर्ने स्वभाविक प्रक्रिया हो’ उनले भने, ‘तर राजनीतिक भागबण्डाका आधारमा समितिका जिम्मेवारी बाँडफाँट गर्नुभयो । यो दुषित कुरा हो । हामीले मधेशीप्रति न्याय गरेका हौं ।’
प्रतिक्रिया 4