+

खुल्ला छनोटबाट पहिलो चरणमा फुटसलका ७४ खेलाडी छानिए

२०८० भदौ  ११ गते १८:१२ २०८० भदौ ११ गते १८:१२
खुल्ला छनोटबाट पहिलो चरणमा फुटसलका ७४ खेलाडी छानिए

११ भदौ, काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय फुटसल टिमको छनोट कार्यक्रम सुरु भएको छ ।

फुटसलका लागि नाम दर्ता गरेका दुई सय भन्दा बढी खेलाडीबाट पहिलो चरणमा ७४ खेलाडी छनोट गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यसअघि एन्फाले फुटसल राष्ट्रिय टिम निर्माणका लागि खुल्ला छनोट गर्ने भन्दै इच्छुक खेलाडीहरुलाई नाम दर्ता गर्न आग्रह गरेको थियो ।

राष्ट्रिय फुटसल टिमका मुख्य प्रशिक्षक गौरब बस्नेत र सहायक प्रशिक्षक थमन भुषालले खेलाडी छनोट गरी प्रशिक्षण दिइरहेका छन् ।

पहिलो चरणमा गोलकिपर १५, पिभोट १३, फिक्सो १५ र अला ३१ जना छनोट भएका छन् ।

यसअघि गत वर्ष कीर्गिस्तानमा भएको एएफसी फुटसल छनोट खेलेको टिममा रहेका ६ खेलाडी सुरुवाती छनोटमा टिममा परेका छन् ।

राष्ट्रिय पुटबल टिमबाट समेत खेलिसकेका मणिकुमार लामा र सुमित श्रेष्ठसहित आदिल हमिद, विजय श्रेष्ठ, सरोज तामाङ र हेमन्त गुरुङ गत वर्ष पनि फुटसल टोलीमा थिए ।

नेपालले आगामी अक्टोबर ७ देखि ११ सम्म मंगोलियाको उलानबटारमा हुने फुटसल एसियन कप छनोट खेल्दैछ ।

छनोटको समूह डी मा रहेको नेपालले आयोजक मंगोलियासहित भियतनाम र दक्षिण कोरियासँग खेल्नेछ । फुटसल छनोट प्रतियोगितामा सहभागी एसियाका ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

जसमा हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कप २०२४ का लागि छनोट हुनेछन् भने सात उत्कृष्ट उपविजेता पनि फुटसल एसियन कपमा छानिनेछन् । एक टिम भने आयोजकको रुपमा छनोट हुनेछ ।

एएफसी फुटसल फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय