
११ भदौ, काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका उनले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे।
‘एकजना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ ।’ उनले भने ।
उनले एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको हो भने किन दस्ताबेजहरु लुकाएको भन्दै प्रश्न गरे ।
उनले भने, ‘एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्नेकुरा त्यहीँबाट थाहा हुन्छ ।’
पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको बताए ।
प्रतिक्रिया 4