+
+

कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छ : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १९:५५

११ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रगतिशीलहरु र कम्युनिस्टहरु एकै ठाउँमा आउनैपर्ने बताएका छन् ।

नेकपाले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताए ।

प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताए ।

‘हामी फुटेका पनि यहाँ जुटिसकेका छौं । मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौं भनेका थिए । अब हेर हामी कसरी जुट्दैछौं भन्ने पनि,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?