
१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
डेंगुबाट सुनसरीमा मात्र १४ हजार २६५ जना संक्रमित भएको भन्दै उनले उपचारकालागि विशेष अस्पताल, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले उपचारको अभावमा नागरिकको ज्यान जान नदिन सरकारलाई सचेत हुन आग्रह गरे ।
‘यो रोगको समुचित प्रबन्ध गर्नका लागि र डेंगु रोगबाट जटिल अवस्थामा पुगेका बिरामीहरुलाई विशेष हस्पिटलको व्यवस्था गरेर उनीहरुको समुचित उपचारका निमित्त सम्बन्धित मन्त्रालयको म सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4