+
+

कानुनमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न : २०७४ सालमै भएको विरोधका स्वर सुन्नुभएन?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १७:१८

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकी फौजदारी कानुनी संहितामा राखिएका प्रावधानमा २०७४ सालमै त्‍यसप्रति व्यापक विरोध भएको कानुनमन्त्री धनराज गुरुङलाई स्मरण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा केही नेपाली ऐन संसोधन गर्न बनेको विधेयकका विषयमा बोल्ने क्रममा  पौडेलले भने, ‘२०७४ सालमा भएको विरोधका स्वर तपाईले सुन्नुभएन?’ अहिले समावेश गरिएका प्रावधान अनुसार पारित गराउन नदिने उनले बताए । दलका सबै शीर्ष नेताहरु मिले पनि मुलुकी फौजदारी संहितामा पारित हुन नदिने पौडेलले बताए ।

मुलुकी फौजदारी कानुनी संहितामा हिंसात्मक राजनीतिलाई संस्थागत गर्ने खालका व्यवस्था राखिएको भन्दै उनले आपत्ति जनाए ।

‘धेरै मानिस मारेर पनि राजनीतिकको मूल प्रवाहमा आउँछु भनेर उसले आत्मसमर्पण गर्‍यो भने क्षमा पाउने स्थिति त संसारमा कहिं पनि छैन । हिंसालाई ठाउँ दिए जस्तो देखियो,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?