+
+

बालिकाको मृत्युपछि गुल्मी अस्पतालमा तनाव, डाक्टरमाथि कुटपिट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १७:२६

१२ भदौ, गुल्मी । बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो । बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए ।

बिरामीको जीवनरक्षाका लागि २४ सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीहरुले उल्लेख गरेका छ्न् ।

अस्पतालका कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालका सम्पूर्ण कर्मचारी क्षमाप्रार्थी छौं ।’

गुल्मी अस्पतालमा उपचारत बालिकाको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त भएको छ ।

बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफल भइरहेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?