
१२ भदौ, काठमाडौं । घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपाल विरुद्ध खेल्ने पहिलो रोजाईँको टोली मंगलबार नै घोषणा गरेको छ ।
एसिया कपको समूह ए मा रहेको पाकिस्तान र नेपालबीच बुधबार मुल्तान क्रिकेट स्टेडियममा खेल हुँदैछ । त्यसका लागि मंगलबारै पाकिस्तानले बाबर अजामको कप्तानीमा पहिलो एघारको टोली सार्वजनिक गरेको हो ।
नेपालले यही खेलबाट एसिया कपमा डेब्यु गर्दैछ । कप्तान बाबरसहित शाहिन शाह, अफ्रिदी मोहम्मद रिजवान, हरिस राउफ, जस्ता विश्व चर्चत खेलाडीसँग नेपालले पहिलो पटक खेल्दैछ ।
पाकिस्तानी पहिलो रोजाईँको टिम : बाबर अजाम (कप्तान), मोहम्मद रिजवान (उपकप्तान), फखर जमान, इमान उल हक, सल्मान अली अघा, इफ्तिखर अहमेद, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसिम शाह, शाहिन शाह अफ्रिदी, हरिस राउफ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4