+
+

आठौं दक्षिण एशियाली न्यूरोसर्जरी शिखर सम्मेलन काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते ७:०४

१३ भदौ, काठमाडौं ।आठौं दक्षिण एशियाली न्यूरोसर्जरी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा. प्रवीण श्रेष्ठका अनुसार आउँदो सेप्टेम्बर ७ देखि ९ सम्म तीन दिने शिखर सम्मेलन कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको हो ।

यसअघि सन् १९९१ मा पहिलोपल्ट दक्षिण एशियाली सम्मेलन नेपालबाटै सुरु भएको थियो । तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिनमा न्यूरोसर्जरीमा तालिमरत चिकित्सकलाई न्यूरोसर्जरीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरुद्वारा तालिम दिइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सम्मेलनको दोस्रो र तेस्रो दिन दक्षिण एशियाका आठै देश लगायत अमेरिका, युरोप, जापान, चीन, क्यानडा, इजरायल आदि देशबाट न्यूरोसर्जरी सम्बन्धी विज्ञहरुको सहभागिता रहनेछ । १५० भन्दा धेरै कार्यपत्रहरू प्रस्तुत हुनेछ ।

अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा हाल ११२ जना सक्रिय न्यूरोसर्जनहरू छन् । सन् १९८८ मा स्व. डा. उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्यूरोसर्जरी सेवा सुरु गरेपश्चात देशमा यसको सेवा विस्तार हुन थालेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार करिब एक लाख जनसङ्ख्याको लागि एक न्यूरोसर्जनको आवश्यकता पर्दछ। नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसंख्याको लागि एक न्यूरोसर्जन रहेको छ । हाल देशमा वर्षेनी विभिन्न शिक्षण अस्पतालहरूबाट करिब दस जना न्यूरोसर्जन उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?