+
+

बैतडीमा वैद्यको भर पर्दा सर्पले टोकेकी महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १३:५२
फाइल तस्वीर

१३ भदौ, धनगढी । बैतडीमा सर्पले टोकेपछि वैद्यलाई झारफुक गराउने क्रममा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष दिवान सार्कीले घटाललाई मंगलबार साँझ खाना पकाउने क्रममा सर्पले भान्सा कोठामा टोकेको बताए ।

घटाललाई निको पार्ने भन्दै स्थानीय वैद्यले झारफुक गरेका थिए तर घटालको भने झारफुक गर्ने क्रममा राति १ बजे मृत्यु भएको वडाध्यक्ष सार्कीले बताए ।

‘स्वास्थ्य संस्था निकै टाढा भएकाले आफन्तले तत्काल स्थानीय वैद्यलाई बोलाएर झारफुक गराएका रहेछन्,’ वडाध्यक्ष सार्कीले भने, ‘तर राति १ बजेतिर उहाँको निधन भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?