
१३ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन व्यवसाय (व्यापार) क्षेत्रमैत्री हुने नसेकको बताएको छ । नेपाल चेम्बर अफ कमर्सले संशोधित व्यवस्था उद्योगको हकमा केही सकारात्मक देखिएको पनि जीडीपीमा महत्वपूर्ण हिस्सा ओगट्ने व्यवसाय क्षेत्रमैत्री हुनुपर्ने हुने नसकेको भन्दै व्यवसायमैत्री बनाउन माग गरेको छ ।
‘नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गरेर केही राहत दिन खोजेको छ । तर, जीडीपीमा महत्वपूर्ण योगदान गर्ने व्यावसायिक क्षेत्रमा पनि चालुपूँजी कर्जा मार्गदर्शन लचिलो हुन आवश्यक छ,’ चेम्बरले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जाको सीमालाई एकै बास्केटमा नराखी व्यवसायको प्रकृतिको आधारमा निर्धारण गर्न चेम्बरले माग गरेको छ । कर्जाको सीमा बैंक र ऋणीबीच आवश्यक्ताका आधारमा निर्धारण भए व्यवसायिक वातावरण सहज हुने माग चेम्बरले गरेको हो ।
चेम्बरले विज्ञप्तिमा पछिल्लो समय उच्च ब्याजदरका कारण लगानी निरुत्साहित भइरहेका बेला लचिलो चालुपूँजी कर्जाको नयाँ व्यवस्थाबाट थप सहजीकरण गर्न आग्रह गरेको छ । यस्तै कर्जा वर्गीकरण सम्बन्धमा भएको संशोधनप्रति पनि ध्यानाकर्षण भएको चेम्बरले जनाएको छ ।
‘एकै संस्थाबाट एक भन्दा बढी ऋण लिएको व्यक्ति वा संस्थाको कुनै एउटा ऋण निष्क्रिय वर्गमा वर्गीकरण भएमा अरु ऋणीलाई पनि शूक्ष्म निगरानीमा राख्ने प्रावधान खारेज हुनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
चालुपूँजी कर्जाको क्यास क्रेडिट खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन न्यूनतम सीमाको बक्यौता कायम गर्ने व्यवस्था अव्यवहारिक भएकाले खारेज माग चेम्बरले गरेको हो ।
यस्तै निष्क्रिय कर्जामा वर्गीकरण गरिएको कर्जाको भाका नागेको बक्यौता रकम भुक्तानी हुने वित्तिकै असल वर्गमा स्तरोन्नति गरी कर्जा नोक्सानी व्यवस्थालाई तत्कालै खारेज गरिनुपर्ने माग गरेको छ ।
प्रतिक्रिया 4