१३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका विकेटकिपर ब्याटर आसिफ शेख हाल एसिया कप खेल्न पाकिस्तानमा रहेका छन् ।
सोही सिलसिलामा पाकिस्तान क्रिकेट टिमका अलराउन्डर सलमान अलि अगाहसँगको कुराकानीमा उनले नेपालको एसिया कप यात्रा र नेपाली क्रिकेटको विभिन्न पक्षबारे बताएका छन् ।
आसिफले नेपालले एसिया कपसम्मको यात्रा तय गर्न निकै चुनौतीहरुको सामना गरेको बताए । ‘एसिया कप हाम्रो लागि ठूलो अवसर हो । हाम्रो देशको लागि ठूलो अवसर हो । हामीले घरेलु मैदानमा धेरै खेल खेलेका छौं । धेरै चुनौतीहरु पार गरेर हामीले एसिया कपमा स्थान बनाएका छौं’ उनले भने ।
एसिया कप नेपालका लागि निकै महत्वपूर्ण रहेको आसिफले बताए । उनले पाकिस्तानमा राम्रो आतिथ्य पाएको बताए । ‘यहाँ निकै माया र सम्मान पाइरहेका छौं । जसले गर्दा मलाइ घरमा नै भएको जस्तो महसुस भइरहेको छ ।’
आसिफले सलमानसँग मुस्लिम संस्कृति र रहनसहनको बारेमा सोधेका थिए । उनीहरु दुवैको कुराकानी पाकिस्तान क्रिकेटले अफिसियल ट्वीटरमा सेयर गरेको छ ।
प्रतिक्रिया 4