
१३ भदौ, काठमाडौं । सहकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद पुनः १ महिना थप गरेको छ । १२ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद पुनः १ महिना थप गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२६ असारमा नै तोकिएको म्याद सकिएपछि १ महिनाको लागि भन्दै मन्त्रिपरिषद् सोही दिनमा म्याद थप गरेको थियो । गत २६ साउनमा नै सकिएको म्याद पुनः १२ भदौमा आएर थप भएको हो ।
सहकारी क्षेत्रमा समस्या बढ्दै गएपनि नेपाल सकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो ।
समितिको सदस्यमा भूमि व्यवस्था सहकराी तथा गरिबी निवारण मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका सहसचिव, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती लगातका सदस्य छन् ।
कार्यदलको सदस्य सचिवमा सहकारी विभागका रजिष्टार नवराज घिमिरे छन् । पछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले अन्दोलनरत सहकरि बचकर्ताको तर्फबाट ३ जना प्रतिनिधिलाई समेत कार्यदलमा सहभागी गराउने सहमति गरेकी थिइन् ।
प्रतिक्रिया 4