
काठमाडौं । एसिया कपको उद्घाटनमा गायिका त्रिशला गुरुङले चार वर्षअघिको आफ्नो हिट गीत ‘सम्झना बनी आयौ आज किन तिमी’ प्रस्तुत गरेकी छन् ।
उनले पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा पाकिस्तानी गायिका आइमा बैगसँगै प्रस्तुति दिएकी हुन् । उनीहरुको प्रस्तुतिलाई करोडौं दर्शकले टेलिभिजनमार्फत हेरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
रोहित शाक्यको शब्द रहेको यो गीतमा त्रिशलाले नै संगीत भरेकी छन् । पाकिस्तानी क्रिकेट टिमले सेयर गरेको तस्वीरमा त्रिशलालाई सारीमा आकर्षक देख्न सकिन्छ । एसिया कपको उद्घाटनमा खेलमा यतिबेला नेपाल र पाकिस्तान भिडिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4