
काठमाडौं । व्यंग्यकार जोश अल्फ्रेडले आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै आफू विश्वको सर्वाधिक तीव्र गतिको लेखक भएको दाबी गरेका छन् ।
उक्त दाबीलाई पुष्टि गर्नका लागि उनले आफ्ना साथी सँगै ल्याए जो विश्वकै सबैभन्दा छिटो बोल्ने व्यक्ति भएको उनको भनाइ छ ।
त्यसपछि यो जोडीले आफ्नो अनौठो प्रतिभाको प्रदर्शन गर्दछ । जसलाई देख्दा मानिसहरु दंग मात्र पर्दैनन् हाँसो समेत थाम्न मुुस्किल हुन्छ ।
JostleWithDhiraj नामक इन्स्टाग्राम पेजमा शेयर गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- विश्वका सर्वाधिक तीव्र गतिका लेखक, सर्वाधिक तीव्र गतिका वाचक ।
उक्त भिडियो सबैभन्दा पहिले कमेडियन जोस अल्फ्रेडले आफ्नो इन्स्टाग्राम अकाउन्ट @josh2funny मा शेयर गरेका थिए ।
सो भिडियोको सुरुवातमा कमेडियनले एउटा नाटक प्रस्तुत गरेको देखिन्छ जहाँ उनी एक रियालिटी शोको अडिसनमा भाग लिएका हुन्छन् र उनका दुईजना साथी निर्णायक हुन्छन् । जब उनी मञ्चमा चढ्छन् उनले केवल ३ सेकेण्डमै आफूले एक पेज लेख्न सक्ने भन्दै आफू विश्वकै सर्वाधिक तीव्र गतिको लेखक भएको जिकिर गर्दछन् ।
त्यसपछि उनले आफ्ना साथीलाई मञ्चमा बोलाउँछन् । साथीको परिचय दिँदै उनले ती साथी विश्वकै तीव्र गतिमा बोल्नसक्ने व्यक्ति रहेको बताउँछन् ।
लगत्तै निर्णायक मध्येका एकजनाले अल्फ्रेडलाई आफ्नो क्षमता सावित गर्ने चुनौति दिन्छन् । त्यसपछि उनले लेख्न सुरु गर्छन् र उनका साथीले बोल्न । समय सुरु हुन नपाउँदै तीन सेकेण्डमै उनीहरुले लेखेर र बोलेर सकाउँछन् ।
उनीहरुको गतिविधि देखेर जो कोहीले पनि हाँसो थाम्न सक्दैन । उनले लेखेको कुरा बुझ्न सक्ने जस्तो थिएन । उनले कागजमा केवल टेढा धर्साहरु लेखेका छन् । साथै उनका साथीले बोलेका कुरा पनि कसैले बुझेनन् ।
उक्त भिडियो इन्स्टाग्राममा झण्डै २ करोडले हेरिसकेका छन् र त्यसमा मानिसहरुले विभिन्न खालका प्रतिक्रिया दिएका छन् ।
–एजेन्सी
प्रतिक्रिया 4