+
+

अफ्रिकी मुलुकमा बढिरहेको सैन्य कुप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १४:१२

१५ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार अफ्रिकामा जारी सैन्य बिद्रोकहको हालैका घटनाक्रमहरुमाथि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गत महिना मात्रै नायजर, २०२२ मा बुर्किना फासो र त्यसअघिका वर्षहरुमा चाड, गिनी, सुडान र मालीमा सैन्य कु भएको थियो । केहीदिनअघि मात्रै ग्याबोनामा सैन्य कु भएको छ ।

गुटेरेसले अफ्रिकामा शान्ति, लोकतान्त्रिक स्थायित्व र सुशासनको प्रवद्र्धनमा निर्णयक भूमिका खेल्न अफ्रिकी युनियनहरुसँग आग्रह गरे ।  उनले अफ्रिकी जनतालाई यस बारेमा जानकार गराउनुपर्ने बताए ।

यस साताको अन्तिममा उनी केन्यामा हुने अफ्रिका जलवायु शिखर सम्मेलनमा जाँदै छन् । त्यसपछि १३औं एशियन संयुक्त राष्ट्र शिखर सम्मेलनमा भाग लिन इण्डोनेसिया जाँदै छन् । त्यसलगत्तै उनी जी २० शिखर सम्मेलनमा भाग लिन भारत आउनेछन् । साथै जी ७७ र चीनको शिखर सम्मेलनका लागि क्युबा जानेछन्।

उनले सो सम्मेलनका क्रममा पनि यसबारेमा विश्वस्तरका नेतासँग छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?